Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

समाज रुपान्त्रण गर्ने हाम्रो प्रमुख दायित्व हो – सोलिडारिटी अधक्ष्य गौतम

22/03/2012 00:46

काठमाडौं- समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सृजन्सिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । चैत्र ४ गते सृजन्सिल बालसेवा परिवारको प्राङ्गडमा आयोजित एक कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । हाल उक्त परिवारमा १२ जना अति विपन्न वर्गका बालबालिकाहरु रहदै आएका छन । कार्यक्रममा सोलिडारिटी नेपालका सद्स्य सहित सैनिक आवशिए महाविध्यालयका पुर्व विधार्थीहरुको उपस्थिति थियो । "समाज रुपान्त्रण गर्ने हाम्रो प्रमुख दायित्व हो" कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले बताए । समाज सेवामा युवाहरुको यस्तो सक्रियताले  परिवर्तनका निम्ती ठुलो राहत मिल्ने सृजन्सिल बाल सेवा परिवारकी अधक्ष्य उमा देवी बस्नेतले थपिन । कार्यक्रममा उपस्थित बालबालिका, समाजसेवी, अथिति लगायत सबैले येस्तो कार्यको प्रसंशा गरेका थिए ।

काठमाडौंमा प्रमुख कार्यालय रहेको सोलिडारिटी नेपालले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न कार्य बिस्तार गरेको छ । मिसन लिट्रेसी नामक प्रोजेक्ट को सुरुवात गरेको यस संस्थाले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विभिन्न विपन्न परिवारका बालबालिकाहरुलाई सह्योग गर्दै आएको छ । अमेरिका, जापान्, युके, ब्राजिल, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको सोलिडारिटी नेपालले  अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तार गर्ने प्रयास भैरहेको र यूएई र मलेसियामा भने बिस्तार करिब अन्तिम चरणमा पुगको कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका सचिव राज कुमार भट्टराईले जानकारी दिए । हाम्रो सानो प्रयासले बालबालिकाको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सक्छ , कार्यक्रममा सहभागी सोलिडारिटी नेपालका गुल्मी जिल्ला प्रतिनिधि लक्ष्मण सुबेदीले भने । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि बिदुर कुवरको पनि उपस्थिती थियो ।

बिहान करिब ८ बजे सुरु भएको कार्यक्रम मध्यान्न ३ बजे समापन भएको थियो ।

( प्रस्तुत न्यू​ज सोलिडारिटी खबर  र गुल्मी न्यू​जमा  प्रकाशित भएको हो )

तपाईंको प्रतिकृया..!!

No comments found.