तिम्रो याद आउँदा खेरि, भेट्न पाए पुग्छ |
त्यही पनि गाह्रो भए, देख्न पाए पुग्छ ||
तिम्रो अभाव महसुस हुदा, पलपलमा कहिलेकाहीँ |
तिम्रै नाउँमा एउटा गजल, लेख्न पाए पुग्छ ||
जिबनको कुनै बेगमा, तिमीले आफ्नो ठान्छौं भने |
दुई धडकनको सबै प्यास, मेट्न पाए पुग्छ ||
यति धेरै माया दिदा, तिमीले घात गर्छौ भने |
मेरो रगतले, तिम्रो सिउँदो भर्न पाए पुग्छ ||
मुटु बेच्न तयार छु म, खुशी तिमीलाई मिल्छ भने |
जिन्दगीका तिम्रा दुख, छेक्न पाए पुग्छ ||
समर्पण हो प्रेम भन्ने, बुझेको छु मैले पनि |
तिम्रै निम्ति आफ्नै गला, रेट्न पाए पुग्छ ||