Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

सोलिडारिटी नेपालको लिट्रेसी अभियान जारी, गुल्मीमा पनि कार्यक्षेत्र बिस्तार

22/08/2012 23:44

अनिल शर्मा, काठमाडौं – श्रावण – २५, नेपाललाई साक्षर बनाउने उद्धेश्यका साथ “मिसन लिट्रेसी” अभियान सन्चालन गरेको सोलिडारिटी नेपालले गुल्मी जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गरेको छ । नेपालका ग्रामीण तथा अति बिकट जिल्लामा शिक्षा, स्वास्थ्य एवम् मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको सोलिडारिटीले गुल्मीमा आफ्नो नयाँ कार्यक्षेत्र बिस्तार गरेको काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो ।

सानो तिज अर्थात् कृष्ण जन्मास्टमीको अवसर पारी काठमाडौंको सोल्टिमोडमा अवस्थित आमा घर तथा काढाघारी मा अवस्थित सृजन्सिल बाल सेवा केन्द्रलाई खाध्यान, सौशिक सामग्री तथा आर्थिक सहयोग बितरण कार्यक्रमको अवसरमा गुल्मी जिल्ला झारखर्क-५, का लक्षमण सुबेदीलाई गुल्मी जिल्ला प्रतिनिधिमा नियुक्त गरिएको जानकारी दिइएको हो । 

गत दुइ बर्ष देखी सोलिडारिटी नेपालको सक्रिय सद्स्यका रुपमा कार्यरत सुबेदी श्री चन्द्रकोट क्याम्पस, शान्तिपुर्-१, गुल्मीमा प्राध्यापकका रुपमा कार्यरत छन । २८ बर्षीय सुबेदीको नेतृत्वमा सोलिडारिटी नेपालले गुल्मीका विभिन्न सरकारी बिधालयहरुमा कम्प्युटर वितरण, पुस्तकालय निर्माण तथा जहेन्दार बिधार्थीलाई छात्रवृत्ति एवम् सौशिक सामग्री वितरणमा बिशेष सहयोग गर्दै आइरहेको थियो । 

तिज नजिकिदै गर्दा आमा घरका बुढी आमाहरु र बालगृह्का बालबालिकालाई मुहारमा हासो छर्न कार्यक्रम गरिएको बताइएको थियो । सोलिडारिटीले दिल सोभा श्रेष्ठको आमा घर तथा सृजन्सिल बाल सेवा केन्द्रलाई खाध्यान, ज्ञास्, सौशिक सामग्री तथा अपांग बालिका रिमा पुरिलाई खुट्टाको सल्यकृयाको निम्ती आर्थिक सहयोग गरेको हो । कार्यक्रम सोलिडारिटी नेपालको अस्ट्रेलिया स्थित कन्ट्री रेप्रीजेनटेटिभ कमल पौडेल तथा समाज सेवी कमला पौडेलको आर्थिक सह्योगमा सुसम्पन्न गरिएको थियो ।

   

“आफुहरु नेपाललाई साक्षर बनाउने अभियानमा लागी रहेको र सबैको सहयोग भए सम्भव हुने” कार्यक्रममा उपस्थित सोलिडारिटी ग्रुपका सि.इ.ओ तथा सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष राजेन्द्र गौतमले बताए । कार्यक्रममा आमा घरकी अध्यक्ष दिल सोभा श्रेष्ठ, सृजन्सिल बाल सेवा केन्द्रकी अध्यक्ष उमा देवी बश्नेत्, सोलिडारिटी नेपालका उपाध्यक्ष दिपक खत्री, कोषाध्यक्ष कृष्ण प्रसाद गौतम्, सद्स्यहरु, अथिती, समाज सेवी निर्मल गौतम्, राधिका गौतम् तथा चुन्न प्रसाद सुबेदीको पनि उपस्थिति थियो ।

साथै सस्थाले गुल्मी, ध्वाजी विशुखर्कमा अवस्थित श्री ईन्द्रवती प्राथमिक विधालयलाई सौशिक सामाग्री सहयोग गर्ने निर्णय गरेको छ भने सौशिक गुण्स्तर बृद्धिका निम्ती गुल्मी जिल्ला भरी आफ्नो प्राथमिकता भित्र परेका सरकारी विधालयमा कम्प्युटर बितरण्, पुस्तकालय निर्माण तथा जहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.