शब्दचित्रमा राजेन्द्र गौतम

30/08/2010 00:06

पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो सल्यान गाउँ छ। मेरो जन्म सल्यान-४,  मा विक्रम सम्बत् २०४८ साल असार २४ गते बुधवार (०८ जुलाई १९९१) का दिन एक परिवारमा भएको हो । जन्मकुण्डलीमा यही लेखिएको छ । आमा राधिका गौतम र बाबु निर्मल गौतमको म दोस्रो सन्तान हुँ । म माथि एक दिदि हुनुहुन्छ - 'इन्दु' हाल जापानमा आफ्नो पारिवारिक जीवन बिताइरहनु भएको छ।

म पश्चिम नेपालको परम्परागत खरको छानो भएको घरमा जन्मेको हुँ । यो घर हजुरबाले बि.सं. २०२१ तिर बनाएको भन्नुहुन्थ्यो । घरमा साँझबिहान प्रयोग हुने उत्पादनका साधन, आँसी, बाउसो बञ्चरो, फाली करुवा, नाम्लो आदि राख्ने र ठाउँठाउँमा खोपाहरूको व्यवस्था त्यस्ता घरको बिशेषता नै हो । घरभित्र चुलो, चौको, अँगेनो, ठेकाभाँडा राख्ने निश्चित ठाउँको तारतम्य मिलाइएको हुन्छ । त्यति सानो घरमा ४/५ जनाको संयुक्त परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ । त्यसमा पनि सिकुवामा ढिकी र ढोकाको छेवैमा मकै पिस्ने जाँतो गाड्ने रोस सबैतिर थियो । म जन्मेको घर अहिले भत्किसकेको छ । आजभोली म घुम्न जादा जन्मेको ठाउँमा भग्नावशेष मात्रै देखछु । साथीभाईलाईर् म जन्मेको यही ठाउँ थियो रे भन्दै देखाउँछु । मलाई जन्मदिँदा आमा यो कुनामा प्रशव पीडाले कति छटपटाउनु भएहोला ? मलाई गर्भबाट ओरालेर यस धर्तीमा लालनपालन गर्ने, पढालेखा बनाउने जननी र जन्मभूमिप्रति म सधैं ऋणी छु । मैले जति गरेपनि आमाको दुधको भारा चुकाउन सक्ने छैन ।

हाम्रो वंशावली गोविन्द गौतममा गएर टुंगिएको छ । गोविन्द भन्दा पहिले को थिए भन्ने कुरा थाहा छैन । म जान्नेसुन्ने भए पछि वंशावलीबारे  हजुरबालाई सोधेको थिएँ । उहाँले पनि गोविन्द भन्दा बढी भन्न सक्नुभएन । तर पनि पितृलाई सम्झने बेला क्रमशः (गोविन्द गौतम, दामु गौतम, सानै गौतम, महादेव गौतम, पूर्णचन्द्र गौतम, पुरनधर गौतम, रामेश्वर गौतमको नाम हजुरबाले लिनुहन्थ्यो । मेरो हजुरबाको बाजेको नाम पुरनधर र बाबुको नाम रामेश्वर थियो भन्ने कुरा पुराना लिखतबाट थाहा हुन्छ ।

तर हाम्रा नजिकका दाजुभाई को को हुन् भन्ने कुरा ठ्याक्कै यकिन छैन ।  पुरनधरका छोरा मद्धे रामेश्वर मेरो हजुरबाको बुबा र पशुपति काका भन्ने कुरा वंशावली मा भेटिएको छ तर पशुपतिहरु बर्मा गयको र घर नफर्कियको तर पछिल्लो समयमा पशुपतिका सन्ततिहरु बिराटनगरमा बसोबास गर्दै आई रहेको थाहा भएको छ!  हजुरबाहरू समेतले हामी नजिकका दाजुभाई हौं भन्दै र मान्दै आएका छन् तर यो सम्बन्ध कति पुस्ता नजिकको हो भन्ने एकिन छैन । एकपटक बिराटनगर गएर वंशावलीबारे सोधखोज गर्ने विचारलाई मैले अहिलेसम्म पुरा गर्न सकेको छैन ।पशुपतिका कति भाई छोरा थिए थाहा भएन तर रामेश्वरका एकभाई छोरामध्य म टीकारामको नाती हुँ । टीकारामका दुई श्रीमतीतिर तीन छोरा भए । जेठी तिरका छोराको नाम निर्मल र कान्छी तिरका छोराको नाम क्रमशः केशव र जयलाल हो ।

सामाजिक आन्दोलनका कडीहरु निर्माण गर्ने युवा स्रष्टामध्येको एक  म अहिले सोलिडारिटी इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालको अध्यक्षको रुपमा कार्यरत छु । आफ्नो सामाजिक तथा बौद्धिक सक्रियताका कारण परिचित छु । अधिकांश ग्रामीण नेपालीहरुजस्तै अशिक्षित रहने धेरै सम्भावना नभएको होइन । मेरो जन्म विश्वकै गरीब देशमध्ये एकमा भएको थियो, जहाँ औपचारिक शिक्षा सहरी सँभ्रान्त वर्गमा मात्र सीमित थियो ।

जीवन अविराम यात्रा हो । आमाको गर्भबाट झरेपछि सबैले यो यात्रा पुरा गर्नुपर्छ र आ-आफ्नो ढंगले पुरा गरेकै हुन्छ । तर सार्थक यात्राको लागि गरिने प्रयत्न र गतिशिलता मात्रै ग्राह्य हुन्छ । मानिस जन्मेपछि कति बाँच्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । असल कामको लागि अर्थात अरुको लागि उसको जीवनको कति समय खर्चेको छ भन्ने कुराले अर्थ राख्छ । मलाई जीवनको प्रारम्भिक कालमै "युवाको नेतृत्व बिना परिबर्तन असम्भव छ" भन्ने कुराले प्रभावित गर्यो भने "कसैसँग नझुक्नु" भन्ने आमाको ढृढ महान्वाणीले वर्ग संघर्ष र वैचारिक संघर्षमा निरन्तर डट्ने उत्प्रेरणा मिल्यो ।

जीवन यात्रामा मानिसले धेरै मोड र घुम्ती पार गर्नुपर्छ । मोड दायाँ पनि हुन्छ र बायाँ पनि । कुनै मोड नदेखि अगाडि हिड्नेहरू घुम्तीमा पुगेपछि दुर्घनाको शिकार भएका छन् । यात्रमा हाम्रो दुबै खुट्टा चाल्नुपर्छ । दायाँ खुट्टाले पनि टेक्नुपर्छ र बायाँले पनि । देबे्र खुट्टा चाल्दा देबे्रतिर मात्रै गएको देख्ने र बाया खुट्टाले टेक्दा बाया गएको देख्नेहरूले बाटो बिराएका छन् । जीवनको उत्तरार्धसम्मको यात्रालाई पछि फर्केर हेर्दा मसँग पश्चाताप गर्नु पर्ने खासै केही छैन । जीवनयात्राका अनन्य सहयात्री सबैप्रति म आभारी छु ।

(अरु आउँदैछ प्रतिक्षा गर्नुहोस्..!!)

तपाईंको प्रतिकृया..!!

Date: 25/05/2016

By: dinesh pun

Subject: ximeki

well done, we are waiting. congratulation

Date: 05/11/2011

By: lilu regmi from dubai

Subject: congratulation........

hello friend darsan hajur ko gibane padha yakdam ramro lagayo ... let all your dream come true..& your life always success........congratulation......best of luck.....