Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

जीवनी

29/08/2010 01:12

पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो सल्यान गाउँ छ। मेरो जन्म सल्यान- मा विक्रम सम्बत् २०४ साल असार २४ गते बुधवार (०८ जुन १९९१) का दिन एक परिवारमा भएको हो जन्मकुण्डलीमा यही लेखिएको आमा राधिका गौतम बाबु निर्मल गौतमको दोस्रो सन्तान हुँ माथि एक दिदि हुनुहुन्छ - 'इन्दु' हाल जापानमा आफ्नो पारिवारिक जीवन बिताइरहनु भएको छ।

पश्चिम नेपालको परम्परागत खरको छानो भएको घरमा जन्मेको हुँ यो घर हजुरबाले बि.सं. २०२१ तिर बनाएको भन्नुहुन्थ्यो घरमा साँझबिहान प्रयोग हुने उत्पादनका साधन, आँसी, बाउसो बञ्चरो, फाली करुवा, नाम्लो आदि राख्ने ठाउँठाउँमा खोपाहरूको व्यवस्था त्यस्ता घरको बिशेषता नै हो घरभित्र चुलो, चौको, अँगेनो, ठेकाभाँडा राख्ने निश्चित ठाउँको तारतम्य मिलाइएको हुन्छ त्यति सानो घरमा / जनाको संयुक्त परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ त्यसमा पनि सिकुवामा ढिकी ढोकाको छेवैमा मकै पिस्ने जाँतो गाड्ने रोस सबैतिर थियो जन्मेको घर अहिले भत्किसकेको आजभोली घुम्न जादा जन्मेको ठाउँमा भग्नावशेष मात्रै देखछु साथीभाईलाईर् जन्मेको यही ठाउँ थियो रे भन्दै देखाउँछु मलाई जन्मदिँदा आमा यो कुनामा प्रशव पीडाले कति छटपटाउनु भएहोला ? मलाई गर्भबाट ओरालेर यस धर्तीमा लालनपालन गर्ने, पढालेखा बनाउने जननी जन्मभूमिप्रति सधैं ऋणी छु मैले जति गरेपनि आमाको दुधको भारा चुकाउन सक्ने छैन

हाम्रो वंशावली गोविन्द गौतममा गएर टुंगिएको गोविन्द भन्दा पहिले को थिए भन्ने कुरा थाहा छैन जान्नेसुन्ने भए पछि वंशावलीबारे  हजुरबालाई सोधेको थिएँ उहाँले पनि गोविन्द भन्दा बढी भन्न सक्नुभएन तर पनि पितृलाई सम्झने बेला क्रमशः (गोविन्द गौतम, दामु गौतम, सानै गौतम, महादेव गौतम, पूर्णचन्द्र गौतम, पुरनधर गौतम, रामेश्वर गौतमको नाम हजुरबाले लिनुहन्थ्यो मेरो हजुरबाको बाजेको नाम पुरनधर बाबुको नाम रामेश्वर थियो भन्ने कुरा पुराना लिखतबाट थाहा हुन्छ

तर हाम्रा नजिकका दाजुभाई को को हुन् भन्ने कुरा ठ्याक्कै यकिन छैन   पुरनधरका छोरा मद्धे रामेश्वर मेरो हजुरबाको बुबा पशुपति काका भन्ने कुरा वंशावली मा भेटिएको तर पशुपतिहरु बर्मा गयको घर नफर्कियको तर पछिल्लो समयमा पशुपतिका सन्ततिहरु बिराटनगरमा बसोबास गर्दै आई रहेको थाहा भएको हजुरबाहरू समेतले हामी नजिकका दाजुभाई हौं भन्दै मान्दै आएका छन् तर यो सम्बन्ध कति पुस्ता नजिकको हो भन्ने एकिन छैन एकपटक बिराटनगर गएर वंशावलीबारे सोधखोज गर्ने विचारलाई मैले अहिलेसम्म पुरा गर्न सकेको छैन ।पशुपतिका