Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना

11/02/2011 08:00

तपाईं आफुले आफैलाई प्रश्न गर्नुस कि, म कुन इस्तर को ब्यक्ती हु ? अनि बिष्लेषण पनि र देशलाई  सम्झनुस्, मनन गर्नुस देशले मलाई के दियो ? यति त हो म नेपाली त्यही बिस्वको सिखर सगरमाथा अनि शान्तिका अग्रदुत गौतम बुद्ध जन्मियको देशको नागरिक ! तर त्यही हिजको नेपाल हो जो आज राजनीतिक अन्योलको चेपेटामा परिरहेको छ ! देश लुटिएको छ, जहाँ नेपाली भेनेर सिर झुकाउनु बाहेक केहि गर्न सकिएको छैन ! राजनीतिक दलहरुको ब्यक्तिगत स्वार्थ, फितलो सुरक्षा प्रसासन्, कानुन र बैदेशिक हस्तछेप मुल कारक बनिरहेका छन!

देशमा ठुला ठुला राजनीतिक परिवर्तन नभएका होईनन् ! २०४६, २०६२-६३ अनि यस बिचको १० बर्से सशस्त्र आन्दोलनमा हजारौं हजार सहिद हुन तयार भय केवल देश र जनताको लागि ! यो त्यही देश हो जहाँ देश र जनताको हितका लागि पार्टीहरु खोलिएका छन ! सेवाको नारा बोक्दै करोडौं बिदेशी डलर पचाउनी काम भई रहेको छ ! शिक्षाको नाममा राजनिती अनि कुर्चीको लागि लडाइँ  ! नेपालमा राजनीतिक परिवर्तन ल्याउनको लागि युवाहरुले दिएको प्रत्यक कदम कदमको साथलाई सोभाबिक मानिए पनि युवाहरुलाई नेतृत्व तहसम्म पुग्न नदिनु राजनीतिक दलको गम्भिर स्वार्थ मान्न सकिन्छ!

नेपाल त्यही देश हो जहाँ मानबले मानव्लाई  किनबेच गर्छ -बस्तु सरी, फटाह र गुन्डाहरु किनिन्छ यहाँ, लाइसेन्स, पासपोर्टको त कुरै छोडौं, कानुन पनि किनियको छ  ! त्यत्तिले पनि नपुगेर भबिष्य निर्माणको ज्योती "शिक्षा" किनिएको छ यहाँ ! हुने खानेको लागि रजाइ गर्ने थलो बनेको छ हाम्रो देश नेपाल ! फटाह, डकैती अनि हत्याको आरोप लागेकालाई संरक्षण दिन पछी हट्दैन सरकार ! आखिर राज्य, किन जनता माथि खेलवाड गरी रहेको छ ? सागर सरी राजनीतिक परिवर्तनको लागि उर्लिएका युवाहरुको भावनालाई किन बुज्ने कोसिस गर्दैन सरकार ? किन हजारौ हजार युवाहरुलाई देश भित्रै रोजगारको ब्यबस्था गर्न सक्दैन ? किन महिला, दलित्, जनजाति लगायतका बर्ग माथि सोसन हुँदा समेत रमिते बनेर हेरी रहन्छ सरकार ? गास्, बास र कपासको निती लिएर अगाडि बढिरहेका राजनीतिक दल र सरकार प्रमुखहरु किन अगाडि बढ्न सकी रहेका छैनन् ?  त्यसैले त भन्न मन लाग्छ यो पहुच, पावर र राजनीतिमा फेल भएका नेताहरुको देश हो !

जस्को सरकार आयपनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सकिरहेका छैनन् ! युवाहरुलाई देशको सक्तीको रुपमा लिने गरिन्छ ! नयाँ सोच्, नयाँ बिचार, नयाँ नेतृत्वलाई बर्तमान राजनीतिक समाधानका  बिकल्पहरुको रुपमा लिन सकिन्छ ! त्यसैले युवा बिना परिवर्तन असम्भव छ ! युवा जागरणको लागि धेरै सामाजिक संघ संस्थाहरु उदाय यहाँ ! राजनीतिक पार्टीको संरक्षणमा धेरै युवा जस्ताहरु खोलिए अनि क्याम्पसहरुमा बिद्यार्थीको नाममा राजनीति भईरहेको छ ! तर एती हुँदा समेत किन युवाहरु नेतृत्वतह सम्म पुग्न सकिरहेका छैनन ? किन शिक्षाको केन्द्रलाई राजनीति गर्ने भाडो बनाइएको छ ?

अरु भन्दा फरक हुनु पर्छ हाम्रो आदर्श र निती ! आफ्नो परिवारिक स्वार्थ र घमन्डलाई त्यागेर युवा, जनता र देशको  हितमा काम गर्न सक्नु पर्छ हामीले ! हतियार र बलको घमन्डबाट होईन बुद्धि, बिबेक र कलमको संघर्शलाई आत्मसाथ गर्दै युवा संस्थामा मात्र सिमित होईन एक जिम्मेवर निकायसम्म पुग्ने कोसिस गर्नु पर्छ ! देशलाई ढोकिरहेको बैदेशिक हस्तछेपकारी जालोलाई चिर्दै युवा नेपाल संगठन (युनेसं) एक नमुना युवा संस्थाको रुपमा परिचित हुन सक्नु पर्छ ! तब मात्र हामीले सोचिरहेको परिवर्तनशिल नेपालको परिकल्पना मात्र होईन एक समृद्ध नेपालको निर्माण गर्न सक्छौं !

त्यसैले सम्पूर्ण ब्यक्तिलाई  युवा नेपाल संगठनको अभियानमा जुट्न हार्दिक आग्रह गर्दछु ! 

- राजेन्द्र गौतम
(सदस्य, युवा नेपाल संगठन (युनेसं) )

तपाइको प्रतिक्रिया !

Date: 09/03/2011

By: Ajay

Subject: Lekh Ramro Cha

Des paribartan yuva le matra garna sakchan.. hami haru pani tapaiharu ko saath ma chau hai,,

Date: 17/02/2011

By: Srijan

Subject: Ramro Char

Rajendra ji lekh ma dherai nepalli yuba prati lakchit gari prasna haru grako dhakiyo. Yes ko saath saath des ko bartaman aabasta lai pai dhekauna khojnu vako jasto lgyo. Prayas ramro cha. Yuba ko yesto kalam ko sangarsa aagadi badnu parcha. Hamro saath tapaiharu sanga cha.

Date: 12/02/2011

By: Prakash Chhetri

Subject: Hamro Pryas Eauta Sunaulo Nepal

मानीस जती एक्लै बस्ना चाहे पनी मानीस लाई समाज को आवश्यकता पर्छ, समाज बिना मानीस अधुरो छ. तेहि भय र प्रत्यक मानीस लाई १०% त समाज कार्य म इच्छा राखनु पर्छ , किना भने जून समाज म हामी बसे का छौं, त्यों समाज भित्र भय का कमी हरु लाई सपार्ने... कोसिस न गरे पनी सपार्ने मानीस हरु को सहयोग त गर्नु पर्छ | धरै जसो ले एस्तो कुरा हरु लाई बकवास काल्पनिक भने र खिशी गर्छन तर बिस्तारै बिस्तारै समय ले त्यों मानीस लाई पनी समाज को आवश्यकता पर्छ | आज को मानीस समाज परिवर्तन कस्ले गर्ला भने र हेरे र बस्छ्न तर समाज परिवर्तन चाहनुन्छ भने सुरुवात आफु बट गर्नु पर्छ, बिदेश म गय र बिदेसी सरकार र बिदेसी कंपनी को गुलामी गरे र देश परिवर्तन हुदैना हामी युवा हरु बिदेश तीर लम्किंछों किना भने पैसा को लालच ले गर्दा, नेपाल म रोजगारी छ र न भय रोजगार उत्पन्न गर्न सक्छौ, हजारो बाटो छ रोजगार को उत्पन्न को लागी तर हामी हरु पाके को खाना र बले को आगो ताप्न चाहन्छों तेहि भय र बिदेस तीर लम्किन्छौ, अनी हाम्रो परिश्रम ले बिदेश बालियों र स्वदेश निर्बल हुदै जान्छ र दोष दिन्छौ छिमेकी देश लाई कहिले भारत ले नेपाल को सत्ता चलायो अरे र कहिले चाइना ले भूमि कब्ज़ा गर्यो अरे, कतई सीमा बट अवेध क्रियाकलाप चली रहे को छ भने कतई नेपाली चेली बेचिय र बिदेशी देश को देह व्यापर म परे की छ अरे यो सबै कसरी आफ्नो कमजोरी हो, के गरे का छन सीमा म बसे का हजारो नेपाली सुरुक्षा बल हरु ले नेपाली चेली लाई पक्कै पनी ताने र त लगे को होइना होला बिदेशी ले , पक्कै पनी भारत को नया देल्ही बट प्रधानमंत्री आय र नेपाल को सासन त चलायना होला अनी फेरी यो कसरी भयो त ? आफ्नै देश का बेचिय का केही माननीय मानीस बट | जब आफु म कमी छ भने अरु माथी हजारों कमी हरु देखिना थाल्छ्न, आफ्नो कमी लाई मेटाउना को लागी हुनी न हुनी दोष दिन थाल्छ्न |



आज हामी युवा छौ हामी लाई लाग्छ केही चाइदैना समाज संग, आफु लाई सम्पन्न र सम्पूर्ण अनुभव गर्छौ तर जब हामी हरु को परिवार हुन्छ हामी हरु बट आउने नया पीडी ले यो भ्रस्टाचार, हिंसा, स्वार्थ, जातिवाद, भेदभाव, अशिक्षा र अज्ञानता को समाज म कदम राक्छ तब हामी लाई याद आउछ समाज को लागी केही गर्ने इच्छा तर समय ले कसे को बाटो हेर्दैना त्यों बेला हामी ले चाहेर पनी परिवर्तन गर्न सक्दैनौं र आउने नया पीडी पनी तेहि बाटो हिडन थाल्छ, सक्ने ले पड़ाई लेखाई गरे र बिदेश तीर पठाऊछन र न सक्ने ले अशिक्षा को भुमरी म संतान लाई पारी बेरोजगार बनाउछन अनी त्यों बेरोजगार ले समाज म आतंक, चोरी, गुंडा गर्दी, बदमासी उत्पन्न गाराउछ |



के तपाई चाहनुन्छ तपाई को आउने नया पीडी ले एस्तो समाज म कदम राखोस, के तपाई चाहनुन्छ आमा बुबा बट टाडा गई बिदेशी सरकार र कंपनी को गुलामी गरोस, के तपाई चाहनुन्छ हाम्रो समाज, हाम्रो देश येसरी नै निर्बल, निशाहय, र अरु देश माथी निर्भर भई रहोस | पक्कै पनी चाहानुन्ना होला तेहि भय र बुबा आमा दीदी बहिनी साथी मित्र सबै लाई आफ्नो चम्किलो जिंदगी बट केही समय निकाली दयनीय, बर्बर र दिनप्रतिदिन बिग्रदै गई रहे को हाम्रो समाज हाम्रो संस्कृति हाम्रो देश प्रति पनी लगाउनु होला भने आशा गर्दा छौं |



Nepal Ko jay hos

Nepali ko jay hos



Yuva Nepal Sangathan (YNS)

Prakash Chhetri

Date: 21/02/2011

By: Raj Chhetri

Subject: YNS-Massage for World

सम्पूर्ण नेपाली युवा र नागरिक को पीड़ा को वर्णन ! आज यी
पार्टी का नेता हरु ले आफ्नो अधिकार खोज्छ्न , सत्ता खोज्छ्न , आन्दोलन
गरेर सत्ता को सपना पाल्छ्न , बंद - तोड़ फोड़ , छेत्रवाद , हिंसा को
राजनीती गर्छन तर कसैले यो मुद्दा उठायको छैन की आज देश मा बिकास को गति
...कहा पुगेका छन , शिक्षा को छेत्र कुन स्तर मा पुगेको छ , स्यानो डिग्री को
लागी पनी राजधानी धाउन पर्छ ! जन साधारण को सुरक्षा छैन ! देश मा अस्पताल
छैनन , भन्छन की यो २१ सताब्दी हो तर आज पनी तनहू लमजुंग ताप्लेजुंग र अन्य
कैयौ ठाऊ मा बिजुली पुगेको छैन ! मुस्तान मनांग हुम्ला जुम्ला जस्ता छेत्र
मा आज पनी मान्छे ले गाडी देखेको छैनन - बाटो को कुरा नै छोड़ दिउ , मानिस
लाइ स्वतंत्र अभिव्यक्ति को अधिकार पाय पनी सुरक्षा छैन - जनता को आवाज लाइ
प्रेषित गर्न खोज्दा स्वर्गीय जमिम शाह, सिंघानिया , हरु लाइ गुमाइयो !
युवा हरु घर चलाउन को लागी पनी बिदेश जान पर्छ , मानिस देश भन्दा बाहिर
बस्न राम्रो मान्न लागे ! हताश भई मानिस देश छाड्न थाले , प्रतिभा पलायन भई
राखेको छ ! आत्महत्या को क्रम जारी नै छ - देश को रोजगार भन्ने कही
छैन,,,मधेश को मेरुदण्ड भन्ने हुलाकी सड़क खंड को हालत कस्तो छ सबै लाइ थाहा
नै छ , अपरहण , नशा, बलात्कार , तस्करी ,अपराध हरु बढ्दै छन !तर नेता र
पार्टी हरु लड्दै छन आफ्नो आफ्नो स्वार्थ का निम्ति ,,उठाउदै छन आ आफ्नो
मुद्दा हरु !मुद्दा उठाउनी हो भने उठाऊ गरीबी को लागी, शिक्षा को लागी ,
रोजगार को लागी , बिकास को लागी ,शांति को लागी , प्रतिभा पलायन को
संरक्षण को लागी, र एक सुन्दर शांत नेपाल को लागी,,,,,,,,,आज साथी
नेपाल लाइ एक नेता को होइन समाज सेवक हरु को आवश्यकता छ जसको सामर्थ्य युवा
हरु मा छ जो देश को अनुहार फेरन सक्छन, आज सत्ता संग होइन देश को मातो लाई
माया गर्ने मानिस हरु को आवश्यकता छ ! हिटलर को नकारात्मक पक्ष पूरा विश्व
ले हेर्यो तर सकारात्मक पक्ष मा हेर्छु तेस्मा राष्ट्रभक्ति थियो उसले
भन्थ्यो " मरनुस त देश को लागी जिउनुस त केवल देश को लागी " र यही वाक्य आज
राज छेत्री ले पनी भन्द्छ " मरौ त नेपाल को लागी र जियौ त मात्र नेपाल को
लागी " र आज हामी फूटी राखेका छू हिमाली पहाड़ी मधेसी को नाम मा धर्म को नाम
मा , भाषा को नाम मा ,,तर युवा शक्ति फुट्यो भने देश को कुनै आस्तित्व
रह्दैन तेस कारण युवा हरु लाइ सामाजिक छेत्र मा अगाडी बढन को लागी आवाहन
गर्द छू !

जय नेपाल जय मातृभूमि
Yuva Nepal Sangathan (YNS)
https://yuvanepalsangthan.wordpress.com

Raj Chhetri

Date: 12/02/2011

By: sanjay kumar purbe

Subject: jabaf

jai nepal hami nepali ko astitw poltix le hanan gareko chh hejo samm jangal ma bhokhhai basne manche aaj des chalauchh tyo desh ko vabishe ke hunchh junko buneyad gole r bom bat chalu bhayeau sayed hami nepali ko vabishe yahe ho ke ?