Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

मृत्‍युको मुखमा पुगेर पनि बचियो, त्यो दिन....!!!

23/08/2010 10:57

हामीलाई समाजमा अपराध, कालो ब्यापार र समाजलाई हिंसात्मक गर्न पाउने अधिकार बाट रोक्ने समाजबादी यिनै हुन्, यिनलाई ठोक्नु पर्छ भन्दै केही असन्तुष्ट अरु संघ-संगठनका कार्यकर्ताहरूले नेपाल युथ भलुन्टरी क्लबको ९ औं स्थापना दिवस मनाउन बुटवल पुगेका क्लबका वरिष्ठ ब्यक्तीहरूमाथि भाला, तरबार र ढुंगामुढा प्रहार गरेका थिए । नेपाल युथ भलुन्टरी क्लबका जोनल गोवरनर लक्ष्मण सुबेदी, इन्टरनेशनल सर्भिस डाईरेकटर सिम्रिका श्रेष्ठ, कम्युनिटी सर्भिस डाईरेकटर पबित्र् आचार्य, क्लब सर्भिस डाईरेकटर तथा रिपोटर प्रेम शर्मा र नेपाल युथ भलुन्टरी क्लबका जोनल रेप्रिजेनटेटिभ तथा नेपाल युथ भलुन्टरी क्लब काठमाडौंका उपाध्यक्ष राजेन्द्र गौतम लगायत स्थानीय क्लबका वरिष्ठ ब्यक्ती तथा कार्यकर्ताहरूमाथि उनीहरूले ताण्डवनृत्य देखाएका थिए । उनीहरूले २० मिनेट जति आक्रमण गरी सुबेदी चढेको गाडी तोडफोड गरे भने राजेन्द्र गौतमको नामै किटेर उत्तेजित बनाउन खोज्दै ज्यानै लिने सम्मको अवस्था सिर्जना गरे । तर, उपाध्यक्ष गौतम उत्तेजित भएनन् र असन्तुष्ट अरु संघ-संगठनका कार्यकर्ताहरूले ढोका फुटाउन नसक्दा एउटा गम्भीर दुर्घटना टर्‍यो ।

उक्त घटनालाई गौतमले कसरी लिएका छन्, उनकै शब्दमा बुटवल घटनाको विस्तृत विवरण: नेपाल युथ भलुन्टरी क्लबको ९ औं वाषिर्कोत्सव मनाउनका लागि बिबश आचार्य, क्लबका उप-सचिव दधि पौडेल र म दोस्रो फ्लाइटबाट बुटवल गएका थियौं । यसअघि नै क्लबका गोवरनर सुबेदी, इन्टरनेशनल सर्भिस डाईरेकटर सिम्रिका श्रेष्ठ र अरु ब्यक्तीहरू बुटवल पुगिसक्नुभएको थियो । बुटवल पुगेपछि खानाको प्रबन्ध गरिएको द हिमालयन होटलतर्फहामी गयौं । त्यहाँ पुग्दा सुबेदी, श्रेष्ठ लगायतका ब्यक्तीहरू खाना खाँदै हुनुहुन्थ्यो र म संचारकर्मीहरूसँग मुलुकको पछिल्लो अवस्था र युवाले समाजलाई परिबर्तन गर्न खेलको भूमिका र क्रियाकलापको बारेमा कुरा गर्न थालें ।

कुरा गर्दागर्दै सुबेदी, श्रेष्ठ लगायतका ब्यक्तीहरू कार्यक्रमस्थल जैकुटी तिर गइसक्नुभएको थियो । संचारकर्मीहरूसँग भुल्दा मलाई केही ढिला भयो अनि म र केही साथीहरू एकजना साथीको प्राइभेट कार लिएर कार्यक्रमस्थल जैकुटी तर्फलाग्यौं । कार्यक्रमस्थलको केही नजिक पुगेपछि त्यहाँ ठूलो होहल्ला र तोडफोडको आवाज सुनिंदै थियो । निजी गाडी तोडफोड होला भनेर मैले गाडी त्यतै पार गरेर हिंडेर जाने सोच बनाएँ र गाडी पार्किङ गर्न तर्फलाग्यौं ।

त्यही बेला जैकुटी कार्यक्रमस्थलबाट फोन आयो, ठूलो झडप भइरहेको छ तपाईहरू केही पछाडि आउनुहोला । नभए छिर्न गाह्रो हुन्छ त्यसपछि केही समय हामीले गाडी पार्किङ गरिएकै स्थानमा एउटा साथीको घरमा पस्यौं त्यो पसलमा जुस खाएर हामी बसिरहेका थियौं । त्यतिनै बेला नेपाल युथ भलुन्टरी क्लब बुटवलका जिल्ला अध्यक्ष मिलन शर्मा र उपाध्यक्ष अमृता के.सी लगायतका साथीहरू पनि आइपुग्नुभयो । लगत्तै जैकुटीबाट फोन आयो-घटना साम्य भइसक्यो तपाईहरू आउनुहोला, कार्यक्रम पनि शुरू भयो ।

कार्यक्रमस्थल जानका लागि हामीले मोटरसाइकलको व्यवस्था गर्‍यौं । जान ठीक परेर घरको ढोकामा आइपुग्दा ५०/१०० मिटर परबाट एकैचोटी कुद्दै भीड हामीतिर आइरहेको थियो । त्यो देखेपछि साथीहरूले हतारहतार मलाई तानेर ढोकाभित्र राख्नुभयो । ५/७ जनाको समूहमा रहेका हामीहरू तितरवितर भएर दुई घरमा पस्यौं । छिनको छिनमा घटनाक्रम परिवर्तन भयो र अरु संघ-संगठनसग समर्थित कार्यकर्ताहरूले हामी बसेको घरको ढोका फुटाउन प्रयास गरे ।

त्यो अराजक भीडले ढोका फुटाउन निकै प्रयास गर्‍यो तर सकेन । उनीहरू भन्दै थिए, राजेन्द्र गौतम बाहिर निस्की, बाहिर निस्की । त्यो अराजक भीडले अपशब्दहरू बोलेर बारम्बार धम्क्याइरह्यो । तर, हामी घरबाट बाहिर निस्केनौं, हामी बाहिर ननिस्केपछि हामी जानका लागि ठीक पारिएको हरी कार्कीको मोटरसाइकलको सिट तरबारले काटेर छियाछिया पारिदिए । मोटरसाइकल तोडफोड गरे र बारम्बार म बसेको घरको ढोका फुटाल्ने प्रयास भइनै रह्यो । हामी नेपाल युथ भलुन्टरी क्लबको वाषिर्कोत्सव मनाउन गएकाहरू उनीहरूसँग भीडन्त गर्ने कुरै भएन । तर, उनीहरूले भीडन्त चाहिरहेका थिए र बारम्बार अपशब्दहरू प्रयोग गर्दै हामीलाई उत्तेजित बनाउने प्रयास गरे ।

उनीहरू त्यो बेला घरभित्र छिर्न पाएको भए जुनसुकै घटना हुनसक्ने अवस्था थियो । केही समय बारम्बार मेरो नामै किटेर उनीहरूले वातावरणलाई उत्तेजित बनाउन लागिरहे पनि हामी संयमित भयौं र लगातार केही समयको उनीहरूको अराजकतापछि प्रहरी आइपुग्यो र भीडलाई तितरवितर बनायो । त्यसपछि सो भीड नेपाल युथ भलुन्टरी क्लब बुटवलका जिल्ला अध्यक्ष मिलन शर्मा र उपाध्यक्ष अमृता के.सी लगायतका साथीहरू आएको गाडी तोडफोड गर्नतर्फ गएछ । कार्यक्रम स्थलमा बिहानैदेखि अरु संघ-संगठनका कार्यकर्ताहरूले तर्साउने काम गरिरहेका रहेछन् । उनीहरूले क्लबका ब्यक्तीहरूमाथि तथा कार्यकर्ताहरूलाई बढी धम्क्याइरहेका रहेछन् ।

सुबेदी र श्रेष्ठ चढेको गाडीमा समेत ढुंगा हानेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही बल प्रयोग गरेका थिए । तर, हातहतियारसहित आएका उनीहरूले प्रहरीमाथि नै लाठी र ढुंगा बर्साउन थाले । नियोजित रूपमा हातहतियारसहित आएका उनीहरूले नेपाल युथ भलुन्टरी क्लबको त्यो सभालाई विथोल्ने योजना बनाएका रहेछन् ।

ति कार्यकर्ताहरूले मेरो नामै किटेर बाहिर निस्की भन्दा मलाई मानब अधिकारको नाराको याद आयो । उनीहरूले आफ्नो अधिकार को लागि भनेर श्रीजना गरेको त्यस्तो अबस्ता नजिकबाट नीआलेर हेर्दा मेरो नागरिक हुन पाउने अधिकार खोसेर कस्तो अधिकार स्थापना गर्न खोजेका छन् ? - मलाई जोनल रेप्रिजेनटेटिभ र उपाध्यक्ष पद ठूलो कुरा होइन तर मेरो नागरिक हुन पाउने अधिकार उनीहरूले खोसे । मेरो आफ्नो स्वतन्त्रता ठूलो कुरा हो ।

त्यही स्वतन्त्रतालाई स्थापित गर्न यत्रो संघर्ष गरेर आएका हामी तर आफ्नै नागरिक हुन पाउने अधिकारलाई निषेध गरेको छ । यो बहुत विडम्बनापूर्ण हो । अहिलेसम्म ति कार्यकर्ताहरूले लोकतन्त्रको आधारभूत मान्यतालाई स्वीकार गर्न सकेको रहेनछ भन्ने मलाई लाग्यो । त्यो जंगली, असभ्य व्यवहारबाट अहिलेसम्म हामीले ति कार्यकर्ताहरूलाई लोकतन्त्रको ल सम्म सिकाउन सकेनछौं भन्ने लाग्यो ।

- राजेन्द्र गौतम

तपाईंको प्रतिकृया..!!

No comments found.