Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

नयाँ नेपाल र परिवर्तनको लागि युवा सक्ती...!!!

23/08/2010 10:55

देश संक्रमणकालवाट गुज्रीरहेको छ । जताततै हत्या, आतंक, अपहरण, विष्फोटन , आगजनी ,लुट ,धम्की, कालोवजारी, सामुहिक नरसंहार र वलात्कार, अभाव तथा अन्यायले मृत्युशैयामा पुयाईएको मेरो देशलाई आज राजनेता होइन इमान्दार देश हाँक्न सक्ने युवाको खाँचो छ । विश्वेश्वर प्रसाद कोईरालाको अवसान पछि मदन भण्डारीले नाटकिय रुपमा मान्छे्को मन जित्ने अभियानले सगरमाथा छुनै आटदा र आस्था धरोहर वन्ने यात्रामा जादै गर्दा उन्को गन्तव्य पुग्न अगावै यात्रा रोकियो र दोस्रो सम्भावनाका राजनेतालाई गुमाउनु पर्यो । विश्वेश्वर र मदन भण्डारीको अवशानपछि देशमा अनगिन्ति राजनितिक परिवर्तनहरु भए । परिवर्तनले विकाश र विनाश दुवै खाले संरचनाहरु भित्रायो । वावु राम र प्रचन्डसंग जनताले निकै ठुलो आशा गरेका थिए र उनिहरुको राजनैतिक प्रतिवद्धताले यस्तो लाग्दथ्यो कि देशमा सच्चा राजनेताको उदय हुदैछ, तर देशले पुनः अर्को धोका व्याहोर्नु पर्यो । उनिहरुले पनि पार्टी स्वार्थ भन्दा माथि उठन नसकि जन अपराधका सृंखलावद्ध घटनाको प्रतिनिधित्व गरि रहदा र अहंकार र घमण्डका भाषणहरु वमन गरिरहदा संभावित राजनेताको चरित्र कतै भेटटाउन सकिएन । तथापी यि दुवै ऐतिहासीक नामहरुले - विशौ हजार मानिसको मुल्य गुमाएर भएपनि कमसेकम तानासहि राजतन्त्र जो राष्टिय विकाशको लुतो वनेर रहेको थियो तेस्लाई परास्त गर्ने ऐतिहासिक अभियानको जस उनिहरुलाईनै जान्छ, इतिहासमा सुरक्षीत ठाउ पाउनेछन् । तथापी राजनेताको संभावित अवसरवाट चुकेकाछन् । अव राजनेताको सम्भावना बोकेका छन समाज र देश परिवर्तनका लागि जन्मियका नेपाली युवा सक्ती जो हामी हुन सक्छौ र राजनेता मात्रै होइन इमान्दार देश हाँक्न सक्ने युवा सक्ती बन्न सक्छौ हामी।

नेपाली युवाको राजनैतिक इतिहास र उचाई त्यति विग्न ठुलो नभए पनि हामीहरु हुने विरुवाका चिल्लो पात चाहि निश्चयपनि बन्न सक्छौ । हामीहरु राजनेताको सम्भावना मात्रै होइन इमान्दार देश हाँक्न सक्ने युवा वन्न सक्छौ । त्यसैले देशलाई प्रशव वेदनाको पिडावाट मुक्त गर्न र राष्ट्रि्य ढिकुटीमा दिनदहाडै हुनेगरेका ढकैतिलाई रोक्ने अभियानको नेतृत्वलिन हामी नेपालमा वस्ने २ करोड ७० लाख नेपाली र प्रवाशमा वस्ने लाखौ शुभचिन्तकहरुको तर्फबाट युवा सक्तीलाई अनुरोध छ ।

यस अनुरोध संगै हामी आँफैका केहि आग्रह र सुझावहरु पनि छन् हामीहरुलाई नै ।

वेलुका भएपछि जाड र तरुनी, वगमफुस्रे गफ र कार्यकर्तासंग अपराधिक कृयाकलापका वारेमा गृहकार्य, शक्ति र सत्ताको अपचलन गर्दै गन्हाएका भ्रष्ट तथा अयोग्य तथाकथित नेताहरुको चरित्र र दिनचर्या भन्दा फरक हुनुपर्छ युवाका कार्यसूची, अध्यनशिल विवेकी र शंवेदिनशिल हुनुपर्छ युवा सक्ती । कार्यकर्ता र राजनैतिक लठैतहरुलाई गरिने फजुल खर्च, र मोज मस्तीका नाममा नेताहरुले गर्ने खर्चहरुको श्रोत भ्रष्टचारनै हो भन्ने हामीले वुझेका छौ । यो महारोग नियन्त्रणको अभियान हामी हरुलेथाल्नुपर्छ । भ्रष्ट व्यक्तिलाई कारवाहि र इमान्दार व्यक्तिलाई पुरस्कार दिने प्रचलनको सुरुवात गर्नुपर्छ हामीहरुले । नेतामुखि हैन जनतामुखि हुनुपर्छ हामीहरुको विश्वास । व्यक्तिको हुकुमवाट चलाईएको नेपाललाई संस्थागत तथा पारदर्शि वनाउने अभियानको सुरुवात हामीहरुवाट हुनुपर्छ । कार्यकर्ता र आफन्तमुखि हैन, सिदान्त र राष्टियहितमा हुनुपर्छ हामीहरुले नेतृत्व गरेको नयाँ नेपालको निर्णयहरु। सरुवा, वढुवा, नियुक्ति र आर्थिक कारोवारमा सम्वन्ध राख्ने व्यक्ति र विषयमा हामीहरुको सहभागिता सुन्य हुनुपर्छ । राजनिति पेशा हैन समाज सेवा हो भन्ने कुराको उदाहरण वन्नुपर्छ हाम्रो जिवनशैलि । उत्कृष्ट विचार र ज्ञानभएका नागरिक समाजका अगुवाहरु, पत्रकारहरु, रंग कर्मीहरु, समाजसेवि र पेशाकर्मिहरु सहितको मानव ज्ञानकोषको सुरुवात गर्नुपर्छ हामीहरुले । साथै विभिन्न पार्टी इमान्दार नेताहरुलाई उच्च विचार भएका राजनितिक ज्ञान भएका विभिन्न पार्टी इमान्दार नेताहरु समेतलाई यस मानव ज्ञानकोषमा समाहित गर्नुपर्छ हामीहरुले । त्यही ज्ञानकोषको सहयोग र सहभागितामा नया नेपालको खाका तय गर्दै समृद्ध नेपाल निर्माण अभियानको नेतृत्व लिनुपर्छ हामीले । लाखौ लाख नेपाली राष्ट्रिय धरोहरहरुको सहयोगवाट हामीहरु राजनेता हुने यात्रामा अनवरत अगाडि बढेउ भने मन भाचिएका लाखौ प्रवाशीहरुको सहयोग र सदभाव हामीहरुमाथि हुने छ । हामीहरुको व्यक्तिगत चरित्र र दिनचर्याले वताउछ हाम्रोको भविष्य । संसारले हामीहरुको कृयाकलाप र व्यवहारलाई नजिकवाट हेरिरहेको छ । हामीहरुको दिन चर्याको हिशाव किताव इतिहासले राख्दछ । खाली पेटले समाज सेवा गर्न सक्दैन र भोकाएको मान्छेवाट समाजले कुनैपनि सृजनात्मक उपलव्धिको आशा गर्न सक्दैन , यस सत्यलाई हामी सवैले वुझेका छौ । यदि हामीहरु देश र जनताको स्वार्थमा जिवन आहुति दिन तयार भै राजनेताको चरित्रको संवेदनशिल र कठोर यात्रा सुरु गर्न तयार हुन्छौं भने मेरो र तपाईका सहयोगीहरुको सम्पूर्ण खर्चहरु - सामान्य एउटा मान्छेलाई , नेतालाई, राजनेतालाई चाहिने सुविधा र वन्दोवस्तीका पूर्वाधारहरु नेपालमा वस्ने २ करोड ७० लाख नेपाली जनता र प्रवाशमा वस्ने लाखौ शुभचिन्तकहरुको तर्फबाट प्रत्येक दिन देश सम्झी रोइरहेका नेपालीहरुको रगत र पसिनाले आर्जेको कमाइवाट निकल्ने छन र हामीहरुको राजनितिक जिवनमा लगानी गर्नेछन।

देशलाई आजको मितिसम्म ठेल्दै ढकेल्दै वचाउने प्रयत्न गर्दै अनवरतरुपमा राम्रो उदेश्य राखेर नेतृत्व दिन खोजेका विभिन्न पार्टिका सज्जन नेलताहरुलाइ हाम्रो सलाम छ । परिवर्तन र जनअधिकारका लागि लडदै गर्दा जीवन गुमाउने नागरिक तथा कर्तव्य पालन गर्ने क्रममा जीवन गुमाउने शुरक्षा कर्मिको मृत आत्माले शान्ति पाओस । मृत २० औ हजारका विधवाहरु, वाल वच्चाहरु आमाहरु, वुवाहरु, आफन्तहरु, र गाउलेहरुको आशुको सरापले भस्म होउन, भ्रष्टहरु, । समाजमा भएका विकृती र विसंगतीका विरुद्ध आवाज वुलन्द गर्ने कलाकार र पत्रकार, रंग कर्मीहरुलाई निरन्तर अगाडि वढदै हेपिएका जनताको अधिकारका लागि लडन अनुरोध गर्दै राष्ट्र् निर्माणको अभियानमा जुटिरहन अनुरोध गर्नुपर्छ हामी युवा सक्तीहरुले । यदि नेपाली युवा सक्तीवाट हामी आँफैको प्रस्तावमा सहमति भयो भने नेपाली युवाले टुढिखेलमा नया नेपालको पहिलो प्र्स्ताव लाखौं जनताका अगाडी शंखघोष गर्नेछन्।

(प्रस्तुत लेख युवा पंक्तिको राजनीतिक बिकासक्रम र अैले सम्मको नेपाली राजनीतिक इतीहसको अध्ययनबाट विश्लेषण गरेर लेखिएको हो)

-राजेन्द्र गौतम

तपाईंको प्रतिकृया..!!

Date: 27/10/2010

By: Reshma Acharya

Subject: Nice

Really great,i appreciate for the efforts u have made in this website and writing youth articles.. I love your spirit on Youth Movement!!

Date: 05/09/2010

By: Samita Shrestha

Subject: Best Article

I have no comments to you. I want to see u the most powerful and best youth leader of Nepal soon.