“सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन”
बदनाम भएम तिम्रै कारणले
बर्बाद भएम तिम्रै कारणले......
तिमी मान याँ नमान धोकेबाज
पागल हुदैछु तिम्रै कारणले.....
सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै मेरो जीवनमा पनि यस्तै किसिमले घटना घट्ने छ भनेर । तर आज म बदनाम बन्नु र बर्बाद बन्नुको मझदारमा उभिएर सोच्न वाध्य भएको छु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ, पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा नै भएन । नजिक भए उनलाई कति माया गर्छु भनेर बताउथे होला, शायद मेरो हृदयका तमाम ब्यथाहरु अनि उनैको नामका कोरेका मुक्तक सुनाउथे होला, उनको उनुपस्थितीमा मैले कसरी दिन रातहरु काटेको छु भन्ने कुरा त मलाई मात्र थाहा छ । एक्कासी कसैको आवाजले झस्कायो । मन मन नै आफूले आफैलाई प्रश्न गरे । मनभरी कयैन शोकहरु छन किन भने मैले उनलाई विश्वाश गरी आफ्नो मुटु दिने काम गरेको थिए । हरेक धड्कन धड्किनु भन्दा उनैको नाम लिने गर्थ्यौ मेरो मुटुले । मुटु मेरो भए पनि दासी त उनैको थियो । त्यही कारणले मैले आफ्नो मुटु पनि उनैको नाम गरी दिएको थिए । तर उनले मेरो मुटुलाई बिच दोबाटोमा नै छोडेर गइन ।
हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन ।! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून चाहने