Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

बिजया दशमीको शुभकामना

14/10/2010 12:33

हामी नेपालीहरूको महान् चाड बडा दशैं घरसंघारमै आइपुगेको छ । बडा दशैंको महत्व धार्मिक-सांस्कृतिक हिसाबले मात्र उच्च रहेको नभै राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने विशेष पर्व र अवसरका रुपमा पनि विशिष्ट छ । नेपालमा साम्प्रदायिक सद्भाव जगाउने विशिष्ट सांस्कृतिक पर्वका रुपमा बडा दशैंको महत्वलाई जीवन्त राख्नु इतिहास र परम्पराले सुम्पिएको दायित्व हो । दशैं नेपाली हिन्दुहरुको बिशेष चाड हो । यो चाडलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने पर्वका रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।


          
महङ्गीले पहाड उक्लेको भएपनि दशैं बजारमा भीडभाड घटेको छैन । त्यही दशैं हो जसले धेरैको घाँटी थिचेको छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा हुने गरेका छन् । यसले समाजमा विभिन्न खाले बिकृति र बिसंगतिहरु पनि बढाई रहेको छ । चाड मनाउने नाममा रक्सीको खोलो बगाउने जुवातास खेल्ने जस्ता गलत प्रबृति बढिरहेको छ । परम्परादेखि मनाउँदै आएको चार्डपर्व र संस्कृतिको सकारात्मक पक्षलाई लिएर नकारात्मक पक्षलाई छाड्दै जानुपर्दछ । दशैंलाई तडकभडक होइन यसलाई सरल र सहज बनाऔंं । बडा दशैंले सामाजिक सद्भाव र मेलमिलापको असल जीवनशैली अनुशरण गर्न प्रेरणा प्रदान गरोस् । दशैंको अवशरमा मेरो यहि छ शुभकामना ।

- राजेन्द्र गौतम

तपाईंको प्रतिकृया..!!

Date: 13/10/2013

By: suja kandel

Subject: शुभकामना'

'''मौलाओस सफलता जमरा सरि
फलोस फुलोस जीवन सएपत्री फुल सरि
उदाओस खुसि पुञ्ज को दीप सरि
चम्कियोस भाग्य निदार को टिका सरि'''
येही मेरो तर्फ बाट देश विदेश मा बस्नु भएको
सम्पूर्ण नेपाली दाजु भाइ दिदि बैहिनीहरु लाइ
'''''''बडा दशैं २०७० को हार्दिक मंगलमय शुभकामना''''''
व्यक्त गर्दछु |

Date: 22/10/2010

By: अशिक्षा कँडेल

Subject: शुभकामना

बडादसँैको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे बसेका समस्त नेपाली 'दिदीबहिनी तथा दाजुभाइको सुुख, शान्ति, समृद्धि र प्रगतिका लागि' शुभकामना.!

Date: 15/10/2010

By: Bikal

Subject: शुभकामना ! शुभकामना !! शुभकामना !!!

मेरो तर्फबाट तपाइँ लगायत सम्पूर्ण मित्रहरु , आफन्त र देश विदेशमा रहनु हुने नेपालीहरुमा यस पालिको बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

Date: 15/10/2010

By: Kritim

Subject: Subhakamana

Hajur lai pani subhakamana hai.....

Date: 15/10/2010

By: सरिता कार्की

Subject: शुभकामना !

सम्पूर्ण नेपालीहरुमा हिन्दूहरुको महान पर्व विजया दशमीको को अवसरमा हजुरले चालेका पाईलाहरु सधैं सफलताको सिखर चुम्न सकोस भनी मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना!