Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !

31/08/2010 03:25

सहित (July 24, 2009)मा युवा संगठनका आठ जना युवाहरुको टोलीले  जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमणमागर्यौं त्यस क्रममा हामी जाजरकोटको दसेरा, पराले, धिमे  त्यसैगरी जाजरकोट सदरमुकाम खलंगा पुग्यौं   यो जिल्लाको भ्रमणबाट के देखा पर्यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् साथै विसौं हजार जनताहरु रोग महामारीबाट पीडित भयका थिय। जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ

बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो

Ïनै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियानको कुनै सार्थकता रहँदैन त्यसैले पनि सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न ती जाजरकोट लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न हार्दिक आग्रह गर्दछु

(झाडापखालाग्रस्त क्षेत्रको निरिक्षण पछि काठमाण्डुको एक एफएम रेडियोमा मैले दिएको अन्तरबार्ता! )

1. Jajarkot Interview Part- 1.wma (1,8 MB)

2. Information Sharing about Jajarkot: Video

तपाईंको प्रतिकृया..!!

No comments found.