Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

तिमीलाई एक प्रेम पत्र

29/08/2010 23:42

“सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन”

बदनाम भएम तिम्रै कारणले
बर्बाद भएम तिम्रै कारणले......
तिमी मान याँ नमान धोकेबाज
पागल हुदैछु तिम्रै कारणले.....

सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै मेरो जीवनमा पनि यस्तै किसिमले घटना घट्ने छ भनेर । तर आज म बदनाम बन्नु र बर्बाद बन्नुको मझदारमा उभिएर सोच्न वाध्य भएको छु । जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,धेरै संग मित्रता गाँसियो, कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ, पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा नै भएन । नजिक भए उनलाई कति माया गर्छु भनेर बताउथे होला, शायद मेरो हृदयका तमाम ब्यथाहरु अनि उनैको नामका कोरेका मुक्तक सुनाउथे होला, उनको उनुपस्थितीमा मैले कसरी दिन रातहरु काटेको छु भन्ने कुरा त मलाई मात्र थाहा छ । एक्कासी कसैको आवाजले झस्कायो । मन मन नै आफूले आफैलाई प्रश्न गरे । मनभरी कयैन शोकहरु छन किन भने मैले उनलाई विश्वाश गरी आफ्नो मुटु दिने काम गरेको थिए । हरेक धड्कन धड्किनु भन्दा उनैको नाम लिने गर्थ्यौ मेरो मुटुले । मुटु मेरो भए पनि दासी त उनैको थियो । त्यही कारणले मैले आफ्नो मुटु पनि उनैको नाम गरी दिएको थिए । तर उनले मेरो मुटुलाई बिच दोबाटोमा नै छोडेर गइन ।

हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन ।! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून चाहने रहर राख्नु,तिम्राे एक्लो जीवनमा आफ्नो दुःख-सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ।
उनले मेरो मुटुलाई बिच दोबाटोमा नै छोडेर गइन । आज पनि मेरो मुटु उनी कहिले आउलिन भनेर प्रतिक्षाको झिनो आशा लिएर त्यही दोबाटोमा पर्खिरहेको छिन् । तर कहिले उनको मन फर्कने कुनै टुङो छैन । सुर्य कयौ पटक उदाइ सक्यो, कति पटक पुर्णिमाको चन्द्रमाले आफ्नो काचुली फेरी सक्यो, तर उनको मन शायदै अब पग्लिने छैन होला । किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु ।

हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । हुन त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प म संग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन या भनौ म भन्दा धेरै माथीको कुरा हो । त्यसैले तिमी मलाई माया गछ्र्यौ या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ ।

कतै उनको मुटुलाई चोट लाग्ने छ भनेर मैले उनलाई टुटाउन चाहिन किन कि म उनलाई टुटाएर होइन न कि मनाएर आफ्नो बनाउन चाहन्थे । तर उनले त मेरो विश्वाशलाई यसरी लत्याइ दिइन कि म आज निश्ठुरीको माया लिई बदनाम र बर्बाद बन्नु सिबाय् केही गर्न सकीरहेको छैन ।

मेरो मतलव यो होइन की तिमी मेरो जीवनमा आईनौ भने पनि तिम्र्रै प्रेममा तड्पीने पागल प्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन भन्दै तिमीबाट आजलाई ओझेल पर्छु।

(यहाँ लेखिएको प्रेम पत्रलाई केवल काल्पनिक मानि दिनु हुन अनुरोध गर्दछु)
उहि तिमीलाई माया गर्ने

-राजेन्द्र गौतम “बिबश”

तपाईंको प्रतिकृया..!!

Date: 15/09/2011

By: arjun puri

Subject: hi

nice promo