Search site


Contact

Rajendra Gautam
Address: Kathmandu, Nepal

Phone: +977-1-2299688, +977-98510-49804

E-mail: rajendragautam07@gmail.com

ओसामाको मृत्युसंगै जन्मन सक्ने हजारौं बिन लादेनहरु

04/05/2011 09:47

अलकायदाका प्रमुख योजनाकार तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यु एक आतंकवाद बिरुद्धको संघर्ष अन्त्यको संकेत अमेरिका र केही शक्तिशाली पश्चिमी राष्ट्रहरुले दिनुलाई बिजयी उत्सवको रुपमा लिईएको छ । १० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणलगत्तै अमेरिकाले अफगानिस्तानमा गरेको प्रत्याक्रमण कै क्रममा त्यहाँको तोराबोरा पहाडी क्षेत्रमा गरिएको बमवर्षामा उनी मारिएको शंका धेरैले गरेका थिए। तर केही घटनाहरुमा उनका अडियो टेप सार्वजनिक भएपछि उनी जिउँदै रहेको मानिएको थियो।

सन १० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका लादेन, अल कायदा नामक आतंककारी संगठनको 'मास्टरमाइन्डका” रुपमा स्थापित ब्यक्ति हुन। सउदी अरबमा बसोबास गर्दै आएका बिन लादेन अफगानिस्तानमा भइ रहेको सोवियत हमलाको बिरुद्धको लडाइँको लागि सन १९७९ मा सउदी अरब छाडेका थिए । धर्मको नाममा कसैसँग  पनि सम्झौता नगर्ने मनसायका साथ सन १९८८ मा अलकायदाको इस्तापना हुनु र सन १९८९ मा सोवियत हमलाको  अन्त्य हुनुले लादेन  सन १९९० मा “Hero of Jihad” को रुप्मा सउदी अरब फर्किएका थिए । तत्कालिन ईराक, कुबेत युद्धको बीचमा सीमाबर्ती छेत्रमा हुनसक्ने घटनाका कारण सउदी सरकारले अमेरिकी सेनालाई प्रबेशआग्या दिनुले लादेन र अमेरिका बीचको लडाइँको दुरी बद्यो । ११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए।

सन् २००१ को आक्रमणपछि सर्वाधिक खोजि गरिएका लादेन करिब १ सातादेखि सुरु गरिएको अप्रेसनमा पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा मारिएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गरेका छन्। विश्वव्यापी आतंकवादविरुद्धको लडाईमा अमेरिकी सेनाले पाकिस्तानमा पाएको यो महत्वपूर्ण सफलताको रूपमा स्थापित गरिएको छ। राष्ट्रपति ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा सेनाले लुकिछिपि अन्त्येष्टि गरेको खवरले लादेनको मृत्यु रहस्यमय बनायको छ र ओसामाको निधनका बिषयमा थुप्रै प्रश्न खडा भएका छन् ।  लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु, अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु, लादेन मारिएको खबर सार्वजनिक भएलगत्तै हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाउनुलाई सकरात्मक रुपमा लिन सकिन्छ तर यही खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुलाई भबिष्यमा अमेरिकालाई हुन सक्ने ठूलो दुर्घटनालाई देखाएको छ। साथै एस मृत्युले  अलकायदालाई ठुलो क्षती पुगेको अनुमान गरिएको छ, जहाँ अलकायदाको भबिष्य र चुनौतीका बारेमा पनि गम्भिर प्रश्नचिन्न खडा भएका छन् । अझ अर्को विकल्पमा भने लादेनको मृत्युसंगै जन्मन सक्ने हजारौं बिन लादेनहरुका बारेमा  भने बिश्व जागरुक हुन आवश्यक छ।

मानबीयताको आधारमा मात्र बिष्लेषण गर्ने हो भने पनि जो कसैको मृत्यु कसैका लागि खुसीको खबर बन्न सक्दैन तर आज एक जनाको मृत्युमा अमेरिका खुसी मनाइरहेको छ। १० वर्षअघि सेप्टेम्बर ११ मा निर्दोष अमेरिकीहरु मारिँदा लादेन र उनका साथीहरु पनि यस्तै खुसी मनाएका थिय होलान । आतंकवादीहरुमाथिको आक्रमणका  क्रममा अमेरिकाले ठूलै मूल्य चुकाउनु परेको थियो । यसका पछाडि अब अल कायदाको रणनीति कसरी अगाडि बद्छ त्यो भावी दिनहरुलेनै देखाउला तर के लादेनको मृत्युले उनीहरुको आक्रमणलाई कम्जोर तुल्याउला ? एक वरिष्ठ अफगान आतंकवादविरोधी कार्यका अधिकारीले बीबीसीसित कुरा  गर्ने क्रममा – “यो (लादेनको मृत्यु) सन् २००४, २००५ वा २००६ मा भएको भए बढी महत्त्वपूर्ण हुन्थ्यो होला- अहिले त निकै ढिला भइसक्यो- अब त प्रत्येक सडकमा एक जना बिन लादेन छ” भनीनुलाई अमेरिकीमाथि बढेको खतरा अनुमान गर्न सकिन्छ ।

हामी त चाँही रहेका छौ कि, जो कसैको मृत्‍युको खुसीमा उत्सब मनाउनेहरुका लागि लादेनको मृत्युसँगै त्यस्तो युग सधाका लागि अन्त्य होस् ।

(प्रस्तुत लेख गुल्मी न्यूज डट कम मा प्रकाशित हो)

- राजेन्द्र गौतम

तपाईंको प्रतिकृया..!!

No comments found.